+
+
Shares

लकडाउनबारे सुझाव लिन प्रधानमन्त्रीले विज्ञ बोलाए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १३:११

२१ जेठ,काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका छन् । उच्चस्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह  हुने छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद,योजनाविद,नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ ।

मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले स्वास्थ्य क्षेत्रका विज्ञहरुको संयोजन गरेका छन् भने योजना आयोगका पूर्व उपाध्यक्षहरु सहितका विज्ञलाई पनि बालुवाटारमा बोलाइएको छ ।

कोभिड १९ रोकथाम,नियन्त्रणका उपायका बारेमा छलफल गर्न र लकडाउनको बारेमा सरकारलाई निर्णयका लागि सुझाव दिन विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?