+
+
Shares

घुससहित दुई जना सहायक वन अधिकृत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १४:२९

२१ जेठ, काठमाडौं । दुई लाख रुपैयाँ घुससहित डिभिजन वन कार्यालय ताप्लेजुङमा कार्यरत दुई जना सहायक वन अधिकृत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वनअधिकृत जीवनकुमार यादव र सव डिभिजन वन कार्यालय फुङ्लिङका सहायक वन अधिकृत वीरेन्द्रप्रसाद साहलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

जडीबुटी निकासीमा छुट पूर्जी दिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा इटहरीबाट खटिएको आयोगको टोलीले एक/एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा डिभिजन वन कार्यालय ताप्लेजुङ परिसरबाट मंगलबार दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?