Comments Add Comment

कोभिड–१९ को उपचारका लागि इबुप्रोफेनकाे परीक्षण

२१ जेठ, काठमाडौं । वैज्ञानिकहरुले इबुप्रोफेनले कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई कस्तो असर पर्छ भन्ने विषयमा परीक्षण गरिरहेका छन् । बेलायतको लण्डनस्थित दुई अस्पतालका डाक्टरहरुको टोलीले ज्वरो र दुखाइ कम गर्ने यो औषधिले श्वासप्रश्वासको समस्या पनि समाधान गर्न सक्ने विश्वास लिएका छन् ।

लण्डनको गाइज एण्ड सेन्ट थोमस हस्पिटल र किंग्स कलेजका डाक्टरहरुले सस्तो मूल्यमा पाइने यो ओषधिले बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाबाट बचाउने बताएका छन् । अहिले भइरहेको परीक्षणमा सहभागी बिरामीमध्ये आधालाई सामान्य औषधिका साथै इबुप्रोफेन पनि दिइनेछ ।

इबुप्रोफेनले सामान्य ट्याबलेटको सट्टामा यसको विशेष फर्म्युलेसनको प्रयोग गरिनेछ । जनावरमा गरिएको परीक्षणको क्रममा श्वासप्रश्वासमा यो औषधि प्रभावकारी हुनसक्ने देखिएको छ । कोभिड–१९ का बिरामीमा पनि श्वासप्रश्वासमा समस्या हुने गरेको छ ।

किंग्स कलेजका डाक्टर मिलुत मेहता आफूहरुले अपेक्षा गरेअनुसारको नतिजा आउँछ वा आउँदैन भन्ने कुराको यकिन गर्न परीक्षण जरुरी रहेको बताउँछन् । महामारीको सुरुवातमा यो औषधिको प्रयोगको विषयमा भने केही चिन्ताहरु व्यक्त गरिएको थियो । यसको प्रयोगको नकारात्मक असर देखिन सक्ने बताइएको थियो । विशेषगरी फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर बेरानले इबुप्रोफिनजस्ता ओषधिले संक्रमणको समस्या थप बढाउन सक्ने चेतावनी दिएपछि यो औषधिबारे आशंका बढेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment