Comments Add Comment

बाँझोपन : कारण अनेक

बाँझोपन किन हुन्छ ? यसमा एउटा मात्र जवाफले पुग्दैन । कारण अनेक हुन सक्छ । यद्यपि आफूमा बाँझोपन भए/नभएको संकेत भने उनीहरूले मासिक स्रावकै क्रममा थाहा पाउन सक्छन् ।

यसका लागि महिलाहरूले महिनावारीका क्रममा हुने मासिकचक्रबारे ध्यान दिन चक्रबारे ध्यान दिन जरुरी छ।

महिनावारीको अन्तराललाई ध्यान दिने

कुनै महिलाको महिनावारी हुने समयको अन्तराल २५ देखि ३० दिनभन्दा धेरै छ भने त्यसले उक्त महिलामा ओभ्यूलेसन नियमित नभएको जनाउ दिन्छ।

एक अध्ययनका अनुसार मासिक धर्मचक्र २५ दिनभन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहनेको तुलनामा गर्भ बस्ने सम्भावना कम हुने गर्छ। त्यसबाहेक तीस वर्षको उमेरका आसपासका महिलामा महिनावारी नियमित नभएमा त्यो प्रि-मेनोपोजको संकेत हुन सक्छ ।

गर्भनिरोधक चक्की

गर्भनिरोधक चक्कीको प्रयोगले बाझोपनाको समस्या निम्तिने मानिसको आमधारणा छ । जबकि गर्भनिरोधक चक्कीको सेवनले गर्भधारणा गर्नमा कुनै समस्या हुँदैन । बरु यसको लगातारको प्रयोगले गर्भधारण गर्नमा सहयोग पुग्ने गर्छ ।

एक शोधले जनाएअनुसार चार वर्षभन्दा कम समय गर्भनिरोधक चक्की सेवन गर्ने महिलामा दुई वर्षभन्दा कम समय यो चक्की सेवन गर्ने महिलाको तुलनामा गर्भवती हुने सम्भावना धेरै रहेको थियो ।

उक्त शोधले जनाएअनुसार यस्ता चक्कीले ओभ्युलेसन रोक्छ भने केहीले अण्डलाई  जीवित राख्नमा पनि मद्दत गर्छ।

वंशाणुगत

चाँडै रजोवृत्ति हुने आमाहरूमा उनीहरूबाट जन्मने सन्तानमा पनि छिटो  रजोवृत्ति हुने सम्भावना धेरै हुन्छ। त्यस्तै, परिवारमा कसैलाई बाँझोपनाको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि बाँझोपनाको समस्या हुने सम्भावना उच्च हुन्छ । त्यसबाहेक फाइब्राइड, एंडोमेट्रियोसिस जस्ता समस्या पनि वंशाणुगत कारणले हुने भएकोले यस्ता कुरामा ध्यान दिएर पनि महिलाहरुले आफूमा बाझोपनाको समस्या छ कि छैन थाहा पाउन सक्छन् ।

तौल

करिब १२ प्रतिशत बाँझोपनामा तौल मुख्य कारण हुने गर्छ । विशेषगरी, शरीरको तौल बढी भएमा  शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले ओभ्युलेसनलाई असर पुर्‍याउँछ ।

व्यायाम

एक अध्ययनले जनाएअनुसार सातामा चार घण्टा दौडने वा एरोविक्स गर्ने महिलाको तुलनामा एक्सरसाइज नगर्ने महिलामा गर्भधारण गर्ने सम्भावना ४७ प्रतिशतले कम हुने गर्छ । तर त्यो भन्दैमा धेरै वर्कआउट गर्नैपर्छ भन्न खोजेको हैन । धेरै वर्कआउट गर्नाले शरीरमा उर्जाको कम हुन सक्छ र धेरै तनाव भएर प्रजनन् क्षमतालाई प्रभावित गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment