Comments Add Comment

जलाउन लागेको शव प्रहरी नियन्त्रणमा

२१ जेठ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले जलाउन लागेको अवस्थामा एकजना महिलाको शव बरामद गरेको छ ।

चन्द्रपुर नगरपालिका १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ बर्षकी सस्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शव बरामद गरेको डीएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

मृतकका श्रीमान मुकेश पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले जानकारी दिएका छन् । महिलाको मृत्युपछि घरका अन्य सदस्यहरु फरार रहेका छन् । माइती पक्षलाई जानकारी नै नदिएर दाह सँस्कार गर्न लागेको भन्दै मृतकका आफन्तले प्रहरीलाई खबर गरो थिए ।

मृतकका आफ्न्तले शंकास्पद मृत्यु भएको सूचना प्रहरीमा दिएपछि प्रहरीले जलाउन लागेको शव ल्याएर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment