+
+
Shares

किशोरी बलात्कारकाे आरोपमा चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १६:१५

२१ जेठ, जनकपुरधाम । सिराहामा १५ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा चार जना पक्राउ परेका छन् ।

सिराहा प्रहरीका अनुसार गोलबजार नगरपालिका-३ स्थित गागन खोलामा किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा चार जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका २ बस्ने २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव तथा सुखीपुर नगरपालिका ६ बस्ने १९ वर्षीय गोलु महतो छन् ।

पीडित किशोरीले दिएकाे बयानकाे आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरिएको सिराहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए । आराेपित चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?