+
+
Shares

प्रदेश २ का एक असईसहित चार प्रहरी कर्मचारी निलम्बित

तस्करलाई सघाएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १८:२९

२१ जेठ, जनकपुरधाम । लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।

आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्‍याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।

यी चारै जना सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए । उनीहरुले आर्थिक लाभ लिएर तस्करलाई सघाएको खुलेको उनले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयले उनीहरुको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?