+

टोटनहमको एक जनामा कोरोना संक्रमण

२०७७ जेठ  २२ गते ६:५५ २०७७ जेठ २२ गते ६:५५
टोटनहमको एक जनामा कोरोना संक्रमण

२२ जेठ, काठमाडौं । प्रिमियर लिग क्लब टोटनहम हट्सपरका एक जनालाई कोरोना संक्रमण भएको छ । प्रिमियर लिगमा पछिल्लो चरणमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

ती व्यक्ति टोटनहम हट्सपरको भएको क्लबले पुष्टि गरेको छ । यद्यपि उनको नाम भने गोप्य राखिएको छ । अब उनी ७ दिन सेल्फ आइसोलेसनमा बस्नेछन् ।

पछिल्लो पटक १ हजार १९७ जना खेलाडी र स्टाफको परीक्षण गरिएको थियो । प्रिमियर लिगमा अहिलेसम्म पाँच चरणमा गरी कूल ५ हजार ७९ परिक्षण भएको छ जसमा १३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ ।

प्रिमियर लिगका खेलाडी र स्टाफको सातामा दुई पटक परीक्षण गरिँदै आएको छ । कोरोनाभाइरस महामारीका कारण मार्च देखि स्थगित रहेको प्रिमियर लिग जुन १७ मा फेरी शुरु हुँदैछ ।

कोरोना भाइरस टोटनहम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय