Comments Add Comment

लकडाउनमा ‘भागवत गीता र महाभारत’ पढ्दै अनमोल

दुई महिनाभन्दा लामो समयसम्म चलिरहेको लकडाउनका कारण मानिसहरू घरभित्रै छन् । कोरोना भाइरसको त्रासले मानिसहरूलाई घरभित्रै बस्न बाध्य पारेको हो।

घरमै बस्दा नेपाली चलचित्रका कलाकारहरूले धेरै कुरा सिकेका छन् । कोही पुस्तक पढेर समय बिताइरहेका छन् भने कोही खानेकुरा पकाउन सिक्दैछन्। केही कलाकारले लकडाउनकै समयमा सामाजिक सेवालाई पनि निरन्तरता दिए।

नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर-४’को छायांकन रोकिएपछि घरमै छन्। दशैंलाई रिलिजको टार्गेट गरेर यो चलचित्रको छायांकन सुरु भएको थियो । तर, अब यो चलचित्र दशैंमा रिलिज हुन्छ भन्न सकिने अवस्था छैन ।

लकडाउनको समयमा नायक अनमोल केसीले धार्मिक पुस्तकहरू पढिरहेका छन् । ५ वर्षदेखि भगवान कृष्णको भक्त रहेका नायक केसीले लकडाउनको समयमा आफूले ‘भागवत गीता’ पढिसकेको बताए । उनले भने–‘भागवत गीता पढ्दा मनलाई शान्ति मिल्छ । जीवनलाई सामान्य तरिकाले बिताउनुपर्छ भन्ने मैले सिकेको छु ।’

अनमोल अहिले ‘महाभारत’ पढिरहेका छन् । निर्जला एकादशीको दिनमा अनमोलले बुढानीलकण्ठमा रहेको कृष्ण मन्दिर परिसरमा पुगेर २४ घन्टा पानी पनि नखाई व्रत बसेका थिए।

शाकाहारी नायक केसी भन्छन्-‘भागवत गीता, महाभारत पढिरहँदा मैले जीवनको परिभाषा बुझेको छु । जीवनलाई सोच्ने तरिका बदलिएको छु । मन शान्त र एकाग्र भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment