+
+
Shares

काठमाडौं उपत्यकाका सीडीओहरूको बैठक बस्दै, व्यापारीलाई वार्तामा बोलाइयो 

रोयल आचार्य रोयल आचार्य
२०७७ जेठ २२ गते १०:४४

२२ जेठ, काठमाडौं । काठमाडौंका व्यापारीहरूले एकतर्फी निर्णय गरेर सबै प्रकारका पसलहरू खुला गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ ।

पसलहरू एकतर्फी रुपमा खुलेपछि काठमाडौंका सीडीओको आह्वानमा संयुक्त बैठक बस्न लागेको हो । बैठक ११ बजेका लागि जिल्ला समन्वय समिति काठमाडौंको हलमा बोलाइएको छ।

व्यापारीहरूले गरेको निर्णयकै विषयमा केन्द्रित रहेर छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । अब लकडाउनका विषयमा के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।

एकतर्फी निर्णय गरेर पसल खुला गरेका व्यापारीहरूलाई पनि सरकारले वार्तामा बोलाइसकेको उनले बताए । दुई महिनाभन्दा बढी समयसम्म भएको लकडाउनलाई पूर्णपालना गरेको र अब अर्को निर्णय नहुञ्जेलसम्म पसलहरू बन्द गर्न आग्रह गरेको समेत उनले बताए ।

‘राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरूलाई मैले फोन गरेर वार्ताका लागि बोलाएको छु, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ,’ दाहालले भने, ‘तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसी व्यापारी साथीहरूसँग छलफल हुनेछ ।’

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबार बिहान सबै प्रकारका पसलहरू खुला भएका छन् । महासंघका अध्यक्ष नरेश कटुवालले पनि सरकारका तर्फबाट सीडीओले वार्ताका लागि बोलाएको जानकारी दिए।

वार्तापछि केही निचोड निस्किनेमा आफू ढुक्क रहेको पनि उनले बताए । अझै पसल बन्द गरिरहने पक्षमा भने व्यापारीहरू नरहेको उनले बताए।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?