+
+
Shares

निसर्ग चक्रवातको प्रभाव अम्पुनको भन्दा बढी, शुक्रबार भारी वर्षा हुने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते ११:१७

२२ जेठ, काठमाडौं । अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, वागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विनाशकारी हावाहुरी नलाग्ने, तर मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागको पूर्वानुमान छ ।

अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’ नाम दिइएको छ । नेपाली समयअनुसार बुधबार दिउँसो पौने तीन बजेतिर भारतको महाराष्ट्र राज्यको तटीय क्षेत्रमा शक्तिशाली चक्रवातको रुपमा ठोक्किए पनि नेपालतर्फ वहने क्रममा यो कमजोर भइसकेको छ। कुनै पनि चक्रवात जमिनमा ठोक्किएपछि कमजोर हुन्छ ।

त्यसैले निसर्ग चक्रवातको प्रभाव भारतमा जस्तो शक्तिशाली नेपालमा हुँदैन । यद्यपि यसको प्रभाव बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको भन्दा बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ ।

मौसमविद् शान्ति कँडेललका अनुसार निसर्ग चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्नेछ । शनिबारसम्म नेपालका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने र एक-दुई स्थानमा भारी वर्षासमेत हुने उनले बताइन्।

उच्च हिमाली भू-भागहरूमा हल्कादेखि मध्यम हिमपात हुने, नदीमा पानीको वहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडी भू-भागमा पहिरोको समेत जोखिम हुने पूर्वानुमानसमेत गरिएको छ ।

निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा देखिइसकेको छ । त्यसैको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २ र वागमती प्रदेशबाहेक बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?