Comments Add Comment

पर्सामा थपिए एक जना कोरोना संक्रमित

२२ जेठ, वीरगञ्ज । पर्सामा थप एक जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरियास्थित क्वारेन्टिनमा बस्दै आएकी १५ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयाेगशालामा गरिएकाे परीक्षणमा उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे ल्याबले जनाएको छ । बुधबार ९१ वटा नमुना परीक्षण गरिएकोमा उनको मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।

भारतको दिल्लीबाट जेठ ८ गते आमा र बुवासँगै आएकी उनको दोस्रो पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट आएदेखि नै उनीहरुलाई पोखरियाको रामदेव कलवार प्राविधिक विद्यालय स्थित क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमै जेठ १३ गते उनीहरु तीनै जनाको थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । १५ गते रिपोर्ट आउँदा बुवाको पोजेटिभ देखिएको थियो । त्यसपछि उनी गण्डकस्थित आइसोलेसनमा उपचाररत छन् ।

तीन दिनपछि रिपोर्ट आएकोले उनकाे ‘कन्ट्याक्ट ट्रेसिङ’मा आमा-छोरी दुवैको १९ गते पुनः पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको थियो । बिहीबार साँझ आएकाे रिपाेर्ट अनुसार छोरीमा पोजेटिभ देखियाे भने आमाको रिपाेर्ट नेगेटिभ आएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । पोखरियाको जिल्ला उचाङ्गल रामदेव साह कलवार प्राविधिक विद्यालय स्थित क्वारेन्टिनमा ३८ जनालाई राखिएको छ । जसमध्ये २ जनाको मात्रै पीसीआर परीक्षण गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment