+
+
Shares

कोभिड–१९ निको भएर पर्सा र बाराका १२ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १४:०८
वीरगञ्जको गण्डक कोभिड अस्पतालबाट निको भएर फर्किएकाको विदाइ गर्दै स्वास्थ्यकर्मी ।

२२ जेठ, वीरगञ्ज । पर्सा र बारामा उपचाररत १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् ।

नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७ जना घर फर्केका हुन् ।

दुवै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीले फूलको गुच्छा दिएर, ताली बजाएर उनीहरुको विदाइ गरेका छन् ।

लगातार दुईवटा पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएपछि पर्साका ३ जना र बाराका २ जना डिस्चार्ज गरिएको गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक उदयनारायण सिंहले जानकारी दिए । बाराका दुवै नेपाली सेनाका सैनिक हुन् ।

उता बाराको कलैया अस्पतालको आइसोलेसनबाट ६ जना प्रहरी कर्मचारी र एक जना पत्रकार कोरोनामुक्त भएर घर फर्केका छन् । कलैयामा अझै ४३ जना संक्रमित उपचाररत छन् ।
कलैयाको आइसोलेसन खाली नभएका कारण ७ जनालाई हाल आदर्श कोतवालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?