Comments Add Comment

तौल बढाउने काइदा

अहिले धेरैको लागि टाउको दुखाईको विषय हो, तौल कसरी घटाउने ? मोटोपनको समस्या छ । मोटोपनकै कारण अनेक रोग लाग्ने भय पनि छ । त्यसैले उनीहरु माोटोपन घटाउन जुक्ती खोजिरहेका हुन्छन् ।

तर, कतिपयलाई भने घट्दो तौल वा खिरिलो ज्यानको सुर्ता छ । ज्यान कसरी बनाउने ? कसरी मोटोघाटो हुने ? उनीहरु उपायको खोजीमा हुन्छन् ।

शरीरको तौल बढाउनका लागि खानपानमा सन्तुलन मिलाउनुपर्छ । मकैको रोटी तौल बढाउन निकै उपयोगी हुने बताइन्छ । मकैको रोटी यस्तो प्रभावकारी खाना हो, जसले सजिलै पातलो व्यक्तिको मोटाइ बढाउँछ ।

केरा र दुध

केरा र दुध पनि तौल बढाउन उपयोगी हुन्छ । केरामा यस्तो पोषक तत्व हुन्छ, जसले पातलो शरीर मोटाउने क्षमता राख्छ । साथै केरा स्वास्थ्यका लागि लाभदायक पनि छ ।

अब कुरा गरौं दुधको । दुध क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी बलियो बनाउँछ । केरा र दुधलाई एकसाथ सेवन गर्दा मोटोपन बढाउन सहयोग गर्छ । खासगरी ब्रेकफास्टमा केरा र दुधको कम्बिनेसन ठिक हुन्छ । तर, याद राख्नुपर्ने कुरा चाहि, दुध शुद्ध हुनुपर्छ । केरा पनि प्राकृतिक रुपमै पाकेको हुनुपर्छ ।

घिउ र सख्खर

घिउ र सख्खर हरेकजसो घरमा सजिलै प्राप्त हुन्छ । यस दुबैको मिश्रणले पोषक तत्व पैदा हुन्छ, जो शारीरिक स्वस्थ्यका लागि एकदमै लाभदायक हुन्छ । त्यसैले दैनिक शख्खर र घिउ मिलाएर सेवन गर्नुपर्छ, दुब्लोपन कम हुन्छ ।

दुध र मह

नियमित रुपमा दुध र महको मिश्रण बनाएर पिउनुपर्छ, तौल बढ्छ ।

हरियो मटर

हरियो मटरको सेवन पनि लाभदायक हुन्छ । यसले रगत र मांशपेशी बनाउन सहयोग गर्छ । नतिजा, दुब्लोपन हट्छ ।

वर्कआउट

खानपानले मात्र सबै कुरा पर्याप्त हुँदैन । त्यसका लागि नियमित वर्कआउट पनि चाहिन्छ । बिहान चाडै उठेर घुम्न निस्कनुपर्छ । यसले शरीर बलियो हुन्छ । शारीरिक कमजोरी हटाउने यो प्राकृतिक उपाय हो ।

तनावमुक्त रहने

राम्रो स्वास्थ्यका लागि तनावमुक्त रहनुपर्छ । मनमा तनाव लिइरहँदा पनि शरीर दुब्लो हुन्छ ।

खाना खाइसकेपछि

दैनिक बिहान र बेलुकी खाना खाइसकेपछि तीस मिनेटका लागि विश्राम गरौ । यसले पनि शरीरको तौल बढ्छ ।

दैनिक स्याउको सेवन

दैनिक दुई वटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । भोग जागेपछि हामी खाना खान्छौ, जसले तौल बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment