+

सर्वेक्षणको रिपोर्ट : नेपालसँग जोडिएको सिक्किममा महिलाको तौल धेरै बढ्यो

२०८३ जेठ  १९ गते १८:४४ २०८३ जेठ १९ गते १८:४४
सर्वेक्षणको रिपोर्ट : नेपालसँग जोडिएको सिक्किममा महिलाको तौल धेरै बढ्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणले १५ देखि ४९ वर्ष उमेर समूहका ३०.७ प्रतिशत महिलामा आवश्यकताभन्दा बढी तौल रहेको देखाएको छ।

नेपालसँग सीमा जोडिएको भारतको सिक्किम राज्यमा मोटोपनको समस्या धेरै बढेको सर्वेक्षणले देखाएको छ । विशेष गरी सिक्किमका महिलाको तौल पछिल्ला वर्षमा धेरै बढेको पाइएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्टरनेशनल इन्स्टिच्युट फर पपुलेशन साइन्सेस (आईआईपीएस) ले गरेको सर्वेक्षणमा यस्तो देखिएको हो ।

2०२३-२४ मा गरिएको यस सर्वेक्षणलाई ‘नेशनल फेमिली हेल्थ सर्वे-६’ नाम दिइएको छ । यसअघि २०१९–२०२१ मा ‘नेशनल फेमिली हेल्थ सर्वे-५’ सम्पन्न गरिएको थियो ।

पाचौँ सर्वेको तुलनामा यो सर्वेमा भारतका थुप्रै राज्यमा बडी मास इन्डेक्स(बीएमआई) धेरै बढेको पाइएको छ ।

यसमा देशभरबाट ६ लाख ७९ हजार २३८ परिवारका व्यक्तिलाई समेटिएको थियो । जसमा ७ लाख १६ हजार ३९७ महिला र १ लाख ९७७ पुरुषको बीएमआई अध्ययन गरिएको थियो ।

भारतका १५–४९ उमेर समूहका महिलामा ३ मध्ये १ जनामा औषत भन्दा बढी तौल रहेको यो सर्वेले देखाएको छ । भारतका ३०.७ प्रतिशत महिलामा चाहिने भन्दा बढी तौल रहेको देखिएको छ । पाचौं सर्वेमा २४ प्रतिशत महिलामा बढी तौल देखिएको थियो ।

यही उमेर समूहका पुरुषको अवस्था हेर्दा ५औं सर्वेमा २२.९ प्रतिशतमा बढी तौल देखिएको थियो । अहिले २७.३ प्रतिशत पुरुषमा बढी तौल रहेको पाइएको छ ।

नेपालसँग सिमान जोडिएको र अधिकांश नेपाली भाषीको बसोबास रहेको सिक्किमका महिलामा सबैभन्दा बढी मोटोपन वृद्धि भएको यस सर्वेले देखाएको छ ।

सर्वेको रिपोर्टअनुसार सिक्किमका ४७.५ प्रतिशत महिलामा हुनुपर्ने भन्दा बढी तौल देखियो । पाचौं सर्वेमा बढी तौल हुने महिला ३४.८ प्रतिशत मात्रै थिए । बीचम बढी तौल हुने महिलाको संख्यामा १२.७ प्रतशितले वृद्धि भएको सर्वेमा देखिएको छ । यो दर भारतका अन्य सबै राज्यमा भन्दा धेरै हो ।

यसपछि आन्द्र प्रदेशमा महिलामा मोटोपनको वृद्धिदर ११.६ प्रतिशत देखिएको छ ।

मोटोपन वृद्धि हुनेमा पुरुषहरूतर्फ भने सिक्किम अगाडि देखिएको छ । आन्द्र प्रदेशमै पुरुषहरू धेरै मोटाएको देखिएको छ । आन्द्र प्रदेशमा आवश्यकता भन्दा बढी तौल हुने पुरुषको संख्यामा १०.४ प्रतिशत वृद्धि भएको छ । गुजरात र महाराष्ट्रपछि सिक्किम चौथो नम्बरमा रहेको छ । सिक्किममा बढी तौल हुने पुरुषको संख्यामा ६.३ प्रतिशतले वृद्धि भएको सर्वेक्षणले देखाएको छ ।

दिल्लीमा भने पुरुषहरुले तौल घटाउको सर्वेक्षणको तथ्यांकले देखाएको छ । आवश्यकता भन्दा बढी तौल हुने पुरुषको संख्या अघिल्लो सर्वेको तुलनामा ३.२ प्रतिशतले घटेको यो सर्वेले देखाएको छ ।

विशेषगरी सिक्किमबासी र थुप्रै नेपाली समुदायबीच साँस्कृतिक तथा सामाजिक रुपमा समानता देखिन्छ । जीवनशैलीहरू पनि समान खालका हुन्छन् ।

यस खालको सर्वेक्षण नभए पनि नेपालमा समेत पछिल्ला वर्षहरूमा मोटोपनको समस्या तीब्र रूपमा बढिरहेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् ।

तौल भातर महिला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय