+
+
Shares

विदेशमा विज्ञापन गर्न टेन्डर गर्नुनपर्ने प्रस्ताव

नेपाल एयरलाइन्स र पर्यटन बोर्ड लाभान्वित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १७:०३

२२ जेठ, काठमाडौं । विदेशमा आफ्नो सेवा तथा उत्पादनको विज्ञापन गर्नुपर्ने सार्वजनिक संस्था तथा निकायले अब खरीद प्रक्रिया अपनाउनु नपर्ने भएको छ ।

सार्वजनिक खरीद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सरकारले विदेशमा गरिने विज्ञापनलाई सार्वजनिक खरीद ऐन अपनाउनु नपर्ने व्यवस्था प्रस्ताव गरेको । यसबाट नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड सबैभन्दा धेरै लाभान्वित हुनेछन् ।

यी निकायको मूख्य स्रोत बजार विदेश हो । तर, सार्वजनिक खरिद ऐन अनुसार मात्र विज्ञापन प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले यी निकायले प्रभावकारी रुपमा विज्ञापन गर्न सकेका छैनन् ।

नेपाल पर्यटन पर्यटन बोर्डले गत आव २०७५/७६ मा विदेशी संचारमाध्यममा विज्ञापन गर्ने प्रयोजनका लागि १० करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु आवको बजेटमा समेत बीबीसीसहित विभिन्न संच्ाारमाध्यममा विज्ञापन गर्ने प्रयोजनका लागि पनि बजेट राखिएको छ ।

तर, सार्वजनिक खरिद प्रक्रियामा जाँदा लक्षित सञ्चारमाध्यमले भाग नै नलिने र अन्य संस्था प्रक्रियामा आएर लक्ष्यअनुसार उपलब्धि नहुने भएकाले विदेशमा हुने विज्ञापनको काम अगाडि बढ्न नसकेको बोर्डका एक अधिकारीले जानकारी दिए ।

‘सार्वजनिक खरीद ऐनमा भएको प्रावधानकै कारण हामीले यो बजेट खर्च गर्न सकेका छैनौ, उनले भने, ‘सोहीकारण विज्ञापन खरीदमा सार्वजनिक खरीद प्रक्रिया हटाउन माग गरेका थियौं ।’

ऐनमा हुने संशोधनपछि विदेशमा आयोजना हुने टे्रड फेयर, प्रदर्शनी वा विज्ञापनलाई सार्वजनिक खरिद ऐन बमोजिमको खरीद प्रक्रिया अपनाउनु पर्नेछैन । यसबाट टे्रड फेयर, प्रदर्शनी वा विज्ञापनको खरिद सरल र सहज हुने सरकारको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?