Comments Add Comment

अहिलेको सबैभन्दा ठूलो आवश्यकता खोप हो : बिल गेट्स

२२ जेठ, काठमाडौं । माइक्रोसफ्टका संस्थापक अमेरिकी उद्योगपति बिल गेट्सले अहिले सबैभन्दा ठूलो आवश्यकता कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निर्माण गर्नु रहेको बताएका छन् ।

खोपको विषयमा भिडियोमार्फत हुन गइरहेको एक सम्मेलनअघि उनले यस्तो बताएका हुन् । यो सम्मेलनमा विश्वका धेरै कम्पनीका प्रतिनिधि तथा अन्य मानिसहरु सहभागी हुँदैछन् । सम्मेलनको उद्देश्य खोप निर्माणको लागि सात अर्ब ४० करोड डलर रकम जुटाउनु रहेको छ ।

उनले अहिलेको अवस्थामा कुनै कम्पनीले यसको खोप निर्माण गरेको अवस्थामा त्यसलाई समग्र विश्वभर वितरण गर्नुपर्ने गेट्सको भनाइ छ । अहिलेको अवस्थामा खोप निर्माणको लागि सहयोग गर्नु अहिलेसम्मकै महत्वपूर्ण बनेको उनको भनाइ छ ।

प्रत्येक अनुदानले धेरैभन्दा धेरै मानिसको जीवन रक्षाको लागि सहयोग पुर्‍याउने उनले बताएका छन् । यस्तो कोषको प्रयोग सबैभन्दा गरीब मुलुकमा पनि कोरोना भाइरसको खोप पुर्‍याउनुका साथै पोलियो, टायफाइट र दादुराजस्ता रोगको लागि खोप उपलब्ध गराउनका लागि पनि प्रयोग हुने बताइएको छ । अहिले कोरोना भाइरसको महामारीको कारण विश्वभरका करिब आठ करोड बालबालिकाले खोप पाउन नसकेको आकलन छ ।

बिल गेट्सले खोपको विषयमा हुने दुष्प्रचारले पनि धेरै बिरामीलाई बचाउने कार्यमा अवरोध सृजना हुन सक्ने बताएका छन् । उनले एकदिन अवश्य पनि खोप बन्ने तर मानिसलाई यो खोपमा कुनै षडयन्त्र रहेको जस्तो लागेको खण्डमा उनीहरु भडि्कने र यो महामारीले मानिसको मृत्यु भइ नै रहने उनले बताए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment