+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

फेसबुकमा भनेजस्तो काम गर्न सजिलो रहेनछ : मन्त्री भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते २१:५२

२२ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले काम गर्न सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो सजिलो नभएको स्वीकारेका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा मन्त्री भुसालले सबै कुरा फेसबुकमा कमेन्ट गरेजस्तो सहज तरिकाबाट गर्न नसकिने बताए ।

उनले नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गरे ।  उनले दुधको बटरको मौज्दात नेपालमा एक हजार मेटि्रक टन बढी भइसकेको बताए । उत्पादनको हिसाबले १५ सय मेटि्रकटन पाउडर दुध थुपि्रएको जानकारी पनि दिए ।

‘त्यो बेच्नु पर्ने छ, त्यसमा किसानको करिब करिब दुई-अढाई अर्ब त्यहाँ रोकियो, अफगानिस्तान, पाकिस्तान कता बेच्न सकिन्छ भनेर प्रयत्न गरियो, सेना पुलिसलाई खुवाउन सकिन्छ कि भनेर पनि हेरियो, सकिएको छैन्,’ उनले भने, ‘मान्छेहरुले फेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ भन्छन्, मलाई पनि त्यस्तै लाग्थ्यो, त्यति सजिलो रहेनछ ।’

उनले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताए । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया, २० हजार टन डिएपी, साढे ५ हजार मेटि्रक टन पोटास मल रहेपनि नपुग्ने बताए । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको उनको भनाइ छ ।

मन्त्री भुसालले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठूलो काम हुने बताए । अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय सलहको प्रकोप आउने चिन्तामा किसानहरु रहेको भन्दै उनले मन्त्रालयले कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?