Comments Add Comment

तनहुँमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि

२३ जेठ काठमाडौं । गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि भएको छ । तनहुँ ऋषिङ गाउँपालिका ३९ र ४० वर्षीय दुईजना पुरुषमा कोरोना संक्रण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँमा संक्रमित हुनेको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही ठाउँमा क्वारेन्टिनमा बसेका २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५६ पुगेको छ । जसमध्ये बागलुङका २ र लमजुङका एकजना निको भइ घर फर्किसकेका छन् । गण्डकीका ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment