+
+
Shares

खुट्टाको शल्यक्रियाका लागि भर्ना भएकी ७ वर्षीया बलिकामा कोरोना

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ २३ गते १६:२९

२३ जेठ, विराटनगर । खुट्टाको शल्यक्रियाका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण देखिएको छ । शल्यक्रियाका लागि अर्थाे अब्जरभेसन वार्डमा भर्ना भएकी ७ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमित बालिक सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ की हुन । बिहीबार शल्यक्रिया अघि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

शल्यक्रिया अगाडि परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको छ । रिपोर्ट पोजेटिभ आएपछि अस्पतालभित्र बालिकाको कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । बालिकाको क्यान्ट्याक ट्रेसिङका लागि अर्थाे अब्जरभेसन वार्डमा आवतजावत बन्द गरिएको छ ।

गाउँमा संकास्पद स्रोत देखिएन

कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई कहाँबाट कोरोना सर्याे भन्ने अन्योल छ । उनका आफन्त र छिमेकमा कोही बाहिरबाट आएका छैनन् ।

बाहिरबाट मान्छे नआएका कारण कोरोना संक्रमणको स्रोत खोज्न कठिन भएको बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेलले बताए । ‘बालिकाको आफन्त कोही पनि बाहिरबाट नआएको सूचना हामीलाई छ,’ पोखरेलले भने, ‘हाम्रो स्वास्थ्यको टोली संक्रमणको स्रोत खोजिरहेको छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?