Comments Add Comment

ह्याम्स अस्पतालमा उपचाररत एक जनामा कोरोना संक्रमण

२३ जेठ, काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

 

र एक जना भने ह्याम्समा उपचार गरेर डिस्चार्ज भइसकेको पाइएको छ । गुल्मी चद्रकोटका ७७ वर्षीय पुरूषको उपचारका क्रममा स्वाब संकलन गरेको र अहिले डिस्चार्ज भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

कास्कीका ६० वर्षीय पुरूषको भने ह्यम्समा उपचार भइरहेको छ ।

 कोरोना संक्रमितको उपचार थाल्यौं : अस्पताल 

ह्याम्सले कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार थालेको बताएको छ। विरामी र उनका आफन्तले तोकिएका सरकारी अस्पतालमा जान नमानेपछि उनलाई सबै सुरक्षा विधिसहित आइसोलेसनमा राखेर उपचार थालिएको ह्याम्सका अध्यक्ष रामशरण भण्डारीले बताए ।

आफूहरुले सरकारी अस्पतालमा कोभिड १९ संक्रमणको उपचार निःशुल्क भएकाले तोकिएका अस्पतालमा जान आग्रह गर्दा पनि विरामी र आफन्त नमानेकाले आइसीयुमा राखेर उपचार थालिएको उनले बताए ।

उनलाई पाँच दिनअघि पोखराबाट हेलिकप्टरमा ल्याइएको थियो । संक्रमित व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार सुरक्षा उपकरणसहित उपचार गरेको उनले बताए ।

उनका अनुसार ह्याम्समा २० वटा भेन्टिलेटर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment