Comments Add Comment

म्यानमारबाट आएका नेपाली आजै घर जान पाउने

२३ जेठ, काठमाडौं । म्यानमारबाट उद्धार गरेर ल्याइएका २६ जना नेपालीले शुक्रबारै घर जान पाउने भएका छन् । कोरोनाको पीसीआर नेगेटिभ आएको रिपोर्ट भएकाले सबै जनालाई घरमा पठाउन लागिएको हो ।

सैनिक स्रोतका अनुसार साँझ ५ः४४ बजेसम्ममा वसुन्धारास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरबाट ९ जना घर गइसकेका छन् । ‘अन्तर्वार्ता र व्यक्तिगत विवरण संकलनपछि उहाँहरुलाई होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको हो’, स्रोतले भन्यो, ‘अन्य व्यक्तिलाई पनि पठाउने तयारी गरिरहेका छौं ।’

घरमा पनि उनीहरुले सरकारले तोकेको क्वारेन्टिनको मापदण्ड पूरा गर्नुपर्ने छ । होल्डिङ सेन्टरमा उनीहरुलाई त्यसबारे प्रतिबद्धता पत्रमा सेनाले हस्ताक्षर समेत गराएको छ ।

सीसीएमसी–अप्सका अनुसार म्यानमार सेनाको एयरफोर्सबाट आएका नेपालीमध्ये बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश १ का ४ र प्रदेश ५ का एक जना नेपाली छन् ।

म्यानमार सरकारको संयोजनमा दिलबहादर तामाङ, अमर घिमिरे, हरिबहादुर लिम्बू, राजेन सुब्बा, मनबहादुर खत्री, सीतादेवी खत्री, विक्रम भारती, छत्र रावल, विमल गिरी, लक्ष्मी जोशी, हरिमाया खड्का, कमलादेवी तामाङ र डिल्लीराम पौडेल नेपाल आएका हुन् ।

त्यस्तै, कमला पौडेल, सुजित शाक्य बज्राचार्य, सुशिला वाग्ले खनाल, पूजा घिमिरे, सञ्जिव पाण्डे, सुक डोल्मा वाइवा, रुद्रबहादुर गुरुङ, सहिल शर्मा पौडेल (सरदासी), जानकी भण्डारी, भीमबहादुर भण्डारी, प्रशान्तकुमार सिंह, रुपम सिंह र डा. सौरभदेव भट्ट पनि नेपाल आएका छन् ।

उपत्यका बाहिर घर हुने व्यक्ति मध्ये पनि अधिकांशले काठमाडौंमै बस्ने व्यवस्था गरेका छन् । अन्यको विषयमा छलफल भइरहेको जनाइएको छ । शुक्रबारै यूएईबाट पनि एक सय ५७ जनालाई नेपाल ल्याइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment