Comments Add Comment

क्वारेन्टिनहरु मापदण्ड अनुसार सञ्चालन गर्न अदालतको आदेश

मुख्यमन्त्री कार्यालयले १५ दिनभित्र लिखित जवाफ दिनुपर्ने

२३ जेठ, बुटवल । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले क्वारेन्टिनलाई मापदण्ड अनुसार बनाउन प्रदेश सरकारको नाममा आन्तरिम आदेश दिएको छ ।

प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर परेको रिटमा न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले कोभिड–१९ सम्बन्धी क्वारेन्टिन मापदण्ड अनुसार हुनुपर्नेमा कुने द्विविधा नभएकाले त्यसअनुसार गर्न अन्तरिम आदेश दिएको हो ।

साथै विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश गरेको छ ।

क्वारेन्टिनहरु मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै कपिलवस्तुको मायादेवी गाउँपालिका–५ का सुनीलकुमार चौहान र कृष्णनगर नगरपालिका–६ का अरुणेश कुमार उपाध्यायले बुटवल इजलासमा रिट दायर गरेका थिए ।

रिटमा मुख्यमन्त्री कार्यालयसहित जिल्ला प्रशासान कार्यालय रुपन्देही, जिल्ला प्रशासन कपिलवस्तु तथा दुवै जिल्लाको दश स्थानीय तहलाई पनि विपक्षी बनाइएको थियो । शुक्रबार आएको अन्तरिम आदेश स्वागतयोग्य रहेको रिट मस्यौदाकार अधिवक्ता शैलेन्द्र अम्बेडकरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment