Comments Add Comment

प्रिमियर लिगमा तीन चरणको खेल तालिका सार्वजनिक

२३ जेठ, काठमाडौं । आगामी जुन १७ देखि फेरि सुरु हुने प्रिमियर लिगको तीन चरणको खेलतालिका सार्वजनिक भएको छ । कोरोना भाइरस महामारीका कारण स्थगित भएको लिग सुरक्षाको उपाय अपनाउँदै जुन १७ देखि पुन: सुरु हुन लागेको हो ।

जसअन्तर्गत शुक्रबार २९औं चरणको बाँकी रहेका २ र अरु तीन चरणको गरी ३२ खेलको खेल तालिका सार्वजनिक भएको हो ।

नयाँ तालिका अनुसार म्यानचेष्टर सिटी र आर्सनलबीच जुन १७ मा खेल हुनेछ । सोही दिन एस्टनभिल्ला र सेफिल्ड युनाइटेडबीच पनि खेल हुनेछ ।

जुन १९ देखि ३०औं चरणका खेल सुरु हुनेछन् । जुन १९ मा नर्विच सिटी र साउथह्याम्पटन तथा टवटनहम हट्सपर र म्यानचेष्टर युनाइटेडबीच खेल हुनेछ । यस्तै जुन २० मा वाटफोर्ड र लेस्टर, ब्राइटन र आर्सनल, वेष्टह्याम र वुल्भ्स तथा बर्नमाउथ र क्रिस्टल प्यालेसबीच हुनेछ ।

म्यानचेस्टर सिटीले ९ दिनभित्र तीन खेल खेल्नेछ । सिटीले आर्सनलपछि दोस्रो खेल जुन २२ मा वर्नली र तेस्रो खेल चेल्सीसँग जुन २५ मा खेल्नेछ ।

यस्तै शीर्ष स्थानको लिभरपुलले जुन २१ मा एभरटनसँग खेल्नेछ । आर्सनलसँग पहिलो खेलमा सिटी पराजित भए लिभरपुलले एभरटनलाई हराउँदा लिग उपाधि जित्नेछ ।

लिग लिडर लिभरपुलले दोस्रो स्थानको सिटीमाथी २५ अंकको अग्रता बनाएको छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ भने सिटीको २८ खेलबाट ५७ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment