+

फ्लोरियन विर्ट्ज बने बुण्डेसलिगाको कान्छो गोलकर्ता, तोडे १५ वर्ष पुरानो कीर्तिमान

२०७७ जेठ  २५ गते ७:४८ २०७७ जेठ २५ गते ७:४८
फ्लोरियन विर्ट्ज बने बुण्डेसलिगाको कान्छो गोलकर्ता, तोडे १५ वर्ष पुरानो कीर्तिमान

२५ जेठ, काठमाडौं । बाभर लेभरकुजनका टिनएजर फ्लोरियन विर्ट्ज जर्मन बुण्डेसलिगाको सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् । शनिवार लिग लिडर बायर्न म्युनिकविरुद्ध ४-२ ले पराजित भएको खेलमा फ्लोरियनले अन्तिम गोल गरेका थिए ।

फ्लोरियनले नुरि शाहिनको नाममा रहेको १५ वर्षको कीर्तिमान तोडेका हुन् ।

घरेलु मैदान बेएरेनामा बायर्नलाई रोक्ने चुनौतीका साथ लेभरकुजन मैदान उत्रिको थियो । तर शुरुवाती दश मिनेटमा लेभरकुजनले अग्रता लिए पनि त्यसपछि बायर्नलाई रोक्न सकेन । जितपछि बायर्न उपाधिबाट मात्र दुई जित टाढा छ ।

लुकास अलारियोले १०औं मिनेटमा गोल गर्द लेभरकुजनलाई अग्रता दिलाएका थिए । तर किंग्सले कोमान लियोन गोरेट्ज्का सर्जी जिनाब्री र रोवर्टो लेवान्डोस्कीले गोल गर्दै बायर्नको लगातार नवौं लिग जित सुनिश्चित गरे ।

खेलको ८९औं मिनेटमा फ्लोरियनले गरेको गोल सान्त्वनाभन्दा केही बढी थियो । उक्त गोलले जर्मन शीर्ष डिभिजनमा नयाँ कीर्तिमान बनाउन सफल भयो ।

१७ वर्ष ४३ दिन उमेर भएका फ्लोरियन विर्ट्स बुण्डेसलिगा इतिहासमा गोल गर्ने कान्छा खेलाडी बने । यसअघि सन् २००५ मा बोरुसिया डर्टमण्डका लागि १७ वर्ष दुई हुँदा नुरि साहिनले उक्त कीर्तिमान बनाएका थिए ।

साहिनसँगै युलियन ड्राक्सलर टिमो वेर्नर क्रिस्टियन पुलिसिकले पनि आफ्नो १८औं जन्मदिनअघि नै बुण्डेसलिगामा गोल गरेका थिए । यस्तै फ्लोरियनका टिममेट काई हाभार्टले पनि सन् २०१७ मा १७ वर्ष ९ महिना २२ दिन हुँदा गोल गरेका थिए ।

फ्लोरियन विर्ट्सजले मे १८ मा वेडर ब्रेमन विरुद्ध ४-१ को जित हात पार्दा लेभरकुजनका लागि डेब्यु गरेका थिए । उनले हाभार्ट कीर्तिमान तोड्दै बुण्डेसलिगामा डेब्यु गर्ने लेभरकुजनको कान्छो खेलाडी पनि बनेका थिए ।

फ्लोरियन सन् २०२० जनवरी यता लेभरकुजनमा छन् । उनी कोलोनबाट त्यहाँ पुगेका थिए ।

क्लबमा आगमनपछि नै लेभरकुजनका युथ कोच प्याट्रिक हेलमेसले स्पोर्ट्स वानसँगको कुराकानीमा फ्लोरियनसँग ठूलो ट्यालेन्ट भएको बताउँदै उनी लिभरपुल बायर्न डर्टमण्ड जस्ता ठूला क्लबमा जान सक्षम भएको खेलाडी भनेका थिए ।

बुण्डेसलिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय