+
+
Shares

नम्रताको खुशी हुने तरिका

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते ११:०६

लामो समयसम्म घरमै बस्नुपर्दा मानिसहरुमा छटपटी बढ्दै गएको छ । आ–आफ्नै समस्याले मानिसहरुलाई पिरोल्न थालेको छ ।

यसैले, यस्तो समयमा खुशी हुन अझै आवश्यक छ । खुशी हुनका लागि के गर्ने त ? नेपाली चलचित्रका कलाकारहरुले सामाजिक संजालमा खुशी हुने उपायहरु शेयर गरिरहेका छन् ।

नायिका नम्रता सापकोटा पनि फिट रहन योगा, ध्यान गर्ने गर्छिन् । अरु बेलामा जीम जान रुचाउने यी सुन्दरी फिट रहनका लागि डान्समा पनि ध्यान दिन्छिन् ।

उनै, नम्रता खुशी रहनका लागि सबैभन्दा पहिले आफूले आफूलाई प्रेम गर्नुपर्ने बताउँछिन् । नम्रता भन्छिन्–‘आफ्नै प्रेममा डुब्नु नै खुशी हुने उपाय हो ।’ नम्रताको अनुसार, खुशी रहनका लागि मानिसले आफूले आफूलाई नै प्रेम गर्नुपर्दछ ।

नम्रताको जस्तै, अन्य कलाकारहरु पनि आफूले आफूलाई नै प्रेम गर्दा खुशी रहन सकिने र नकारात्मक कुराबाट टाढा रहन सक्ने बताउँछन् ।
लक डाउनका कारण मोटाएकी यी सुन्दरी आफ्नो नयाँ चलचित्रको बाँकी छायांकनको प्रतिक्षामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?