+
+
Shares

बस र ट्रेनपछि प्लेनबाट मजदुरलाई घर पठाउँदै सोनु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते ११:२६

पर्दामा खलनायकको रुपमा देखिदै आएका बलिउड कलाकार सोनु सुद लक डाउनको समयमा मजदुरका लागि रियल हिरो बनेका छन् । सामाजिक संजालमा अहिले उनको प्रशंसा खुबै हुने गर्दछ ।

घर जान नपाएर अलपत्र परेका वा बाटोमा हिड्दै गरेका मजदुरलाई बसको माध्यमबाट उनले घर पुर्याउने काम गरे । उनले, दैनिक हजार भन्दा बढी यात्रुका लागि गाडीको प्रवन्ध गरे । १२ हजार भन्दा बढी यात्रुलाई उनले लक डाउनको समयमा घर पुर्याएका छन् ।

अब, उनै सोनु हवाइजहाजको माध्यमबाट मजदुरहरुका लागि घर पुर्याउने काममा लागेका छन् । भारतमा आन्तरिक प्लेन खुलेपछि उनले १ सय ७० जना मजदुरलाई घर पुर्याउने काम गरेका छन् ।

उनले, हालै मात्र १७० जना मजदुरलाई चार्टर्ड फ्लाइटको माध्यमबाट देहरादुन पुर्याएका छन् ।

सोनुलाई अहिले दैनिक सयौ सन्देश आउने गरेका छन्, जहाँ मजदुरहरु उनीबाट घर जाने अपेक्षा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?