Comments Add Comment

‘अर्थमन्त्रीज्यू कर तिर्न व्यापारीलाई ऋण दिनुस्’

२५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले व्यापारीलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्री डा. युवराज खतिवडालाई आग्रह गरेका छन् ।

आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सरकारले लकडाउनको अवधिमा समेत कर तिर्न गरेको आग्रहप्रति ब्यङ्ग्य गर्दै भने, ‘अर्थमन्त्रीले ऋण खोजेर भए पनि कर तिर भन्नुभएको छ । आज ती ब्यापारीहरुलाई ऋण दिनुहोस् अर्थमन्त्रीज्यू, त्यसको जमानी म बसुँला । त्यसो गरे कसो होला ?’

ब्यापारीहरुलाई सहज वातावरणमा काम गर्न दिए मात्र राजस्व बढी उठ्ने उनले बताए ।

सांसद रायमाझीले अर्थमन्त्री खतिवडाले व्यापारिक घरानासँग साँठगाँठ गरेर विद्युतीय गाडीमा कर बढाएको र चकलेटमा घटाएको आरोप लगाए ।

‘उहाँको संलग्नता देखिन्छ । विशाल ग्रुप, जो विराटनगरकै व्यापारी हुन् अग्रवालहरु । तिनको गाडी यति सय विद्युतीय गाडीहरु आउँदैछ भन्ने भएपछि …भित्रिएपछि भन्सार बढाउने ?’ उनले भने, ‘सरकारको एउटा चकलेटमा १० प्रतिशत छुट गराउँदा ३० करोड भन्दा बढी फाइदा हुन्छ । उसले जुन चिज आयात गर्छ त्यसमा बढाइएको छैन, घटाइएको छ । संलग्नता देखिन्छ ।’

खर्च विवरण चाहियो

सांसद रायमाझीले कोरोना भाइरसको रोकथाम, न्युनीकरण र उपचारमा भएको खर्चको विवरण माग गरेका छन् । ‘कोरोनाको उपचारमा १० अर्ब रुपैयाँ भन्दा बढी भइसक्यो भनिरहेको छ । ५ लाख भन्दा बढीको कारोबार गर्दा बोलपत्र आह्वान गर्ने खरिद नियमावलीमा छ । खर्च भयो भनेर मात्रै पुग्यो कि जनताले पनि थाहा पाउने हो ?’ रायमाझीले प्रश्न गरे ।

कोरोनाको उपचारमा खर्च भएको भनिएको रकम जनताले कर तिरेको पैसा भएको उल्लेख गर्दै उनले भने, ‘त्यो पैसाको हिसाब खोज्ने अधिकार यो सदनलाई छ । त्यसको फेहरिस्त आओस् ।’

कोरोना कोषमा २ अर्ब ४० अर्ब रुपैयाँ भन्दा बढी जम्मा भएको र त्यसमा कांग्रेसले ५० लाख बढी जम्मा गरेको उल्लेख गर्दै उनले कोरोना कोषको रकमबारे आफूहरु र जनताको चासो हुनु स्वाभाविक भएको र खर्चको विवरण सरकारले दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment