Comments Add Comment

हाम्रो खाना यसरी बन्छ विषाक्त

खाना केका लागि ? प्राथमिकताको आधारमा यसको जवाफ हुन्छ, स्वस्थ्य र तन्दुरुस्तीका लागि । तर, त्यही खानाले स्वास्थ्य खराब गर्छ भने ?

हो, शरीरलाई स्वस्थ्य राख्न खानाको भूमिका हुन्छ । यद्यपि कतिपय अवस्थामा भने सोही खानाले स्वास्थ्यमा गडबड गर्छ । यो त्यही अवस्थामा हुन्छ, जब हामी यसको पोषणलाई भुलेर स्वादको चक्करमा लाग्र्छौं । स्वादिलो बनाउने चक्करमा हामीले खानेकुरालाई विषाक्त बनाइरहेका हुन्छौं । त्यसैले त भनिन्छ, संसारमा जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजाने ।

कस्तो खानेकुरा खाने भन्ने प्रश्न जति महत्वपूर्ण छ कसरी खाने भन्ने पनि उत्तिकै । खासगरी खानेकुरा पकाउने क्रममा हामी त्यस्ता गल्ती गर्छौं, जसले खानेकुरालाई विषाक्त बनाइदिन्छ । आखिर हामी के गल्ती गर्छौं ?

पोल्ने

पोलेको खानेकुरा स्वादिलो हुन्छ । आगोको रापमा सेकाएर वा पोलेर खाएको खानेकुराले हाम्रो जिब्रोलाई लोभ्याउँछ । यसरी पोलेर चिकन, मटन वा कुनै खाद्य पदार्थ खानु रमाइलो हुन्छ, स्वादिष्ट त छँदैछ । तर, यसकै कारण क्यान्सर लाग्ने खतरा रहन्छ । पोलेर वा आगोमा सेकाएर तयार गरेको मासुमा रहेको बोसो र कोइला आपसमा सम्पर्कमा आउँछ । यसले क्यान्सरजनक कारण पैदा हुन्छ ।

तारेको

आलु होस् वा माछा, हामीलाई तेलमा तारेर खान मनपर्छ । तर, यस्तो खानेकुराले स्वास्थ्यमा नराम्ररी असर गर्छ । डीप फ्राइ गर्दा प्रोटीनसहित सबै उपयोगी तत्व नष्ट हुन्छ । त्यतीमात्र होइन, डीप फ्राइ गरेर कुनैपनि आहार सेवन गर्दा क्यान्सरजनक तत्व हाम्रो शरीरमा पैदा हुन्छ ।

प्याकिङ

हाम्रो भान्सामा त्यस्ता धेरै परिकार हुन्छन्, जसलाई हामीले महिनौंअघि बोत्तलमा साँधेर राखेका हुन्छौं । खासगरी तेल, नुन, मसला आदि सहित यसरी साँधेर राखेको अचार, खुर्सानी आदि खानामा मिसाउँदा स्वादिलो लाग्छ । तर, यसरी तयार गरिएको अचार, खुर्सानी आदि पेटका लागि अत्यान्तै हानिकारक मानिन्छ । त्यसैगरी प्लाष्टिक व्यागमा केहि यस्तो तत्व हुन्छ, जो क्यान्सरको लागि जिम्मेवार मानिन्छ ।

भुटेको

भुटेको खानाले जिब्रोलाई लोभ्याउँछ । तर, यसरी भुटेको खानेकुरामा जुन पौष्टिक तत्व हुनुपर्ने हो, त्यो नष्ट हुन्छ । त्यतीमात्र होइन, उक्त खानेकुरामा टक्सिनको मात्रा बढ्छ । त्यसैले भुटेको खानेकुरा स्वास्थ्यका लागि अनुकुल मानिदैन ।

विजातिय परिकार

हामी एकसाथ धेरै परिकार बनाएर सेवन गछौ । माछामासु, दुधदही, मिठाई, फलफूल सेवन गर्छौ । यी सबै परिकारमा आ–आफ्नै पौष्टिक तत्व हुन्छ, जो शरीरका लागि आवश्यक पनि हुन्छ । यद्यपी सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रसायनिक प्रतिक्रिया हुन्छ । फलत हामीलाई फुड पोइजन हुनसक्छ । कति खानेकुराहरु आपसमा मिल्दैन । त्यस्ता खानेकुरा एकसाथ सेवन गर्नु पाचन प्रणालीको लागि एकदमै घातक हुन्छ ।

दही र फल

हामी दही र फल एकसाथ सेवन गर्छौै । अझ दही र फल एकसाथ मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ । यसले पाचन क्रियालाई असर गर्छ

कागति र दुध

कागति र दुध आफैमा फाइदाजनक मानिन्छ । यद्यपी दुध र कागति एकसाथ मिसाएर सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पेटमा समस्या पैदा गर्छ ।

पनिर र कार्बोहाइड्रेट

पनिर, मासु, अन्डा, नट्स जस्ता प्रोटिनयुक्त खानेकुरासँग ब्रेड, आलु, दाल जस्ता कार्बोहाइड्रेट सेवन गर्नु हुँदैन । यसले गर्दा भोजन पचाउन गाह्रो हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट एकसाथ सेवन गर्दा कब्जियत पनि हुनसक्छ ।

दुध र दही

दही र दुध एकसाथ सेवन गर्दा एसिडिटी, ग्याष्ट्रिक, अपच र वान्ता जस्ता समस्या हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment