Comments Add Comment

ब्राजिलले रोक्यो कोरोना भाइरसको सूचना प्रकाशित गर्ने काम

२५ जेठ, काठमाडौं । ब्राजिलले कोरोना भाइरस (कोभिड-१९)बाट समग्र संक्रमित र मृत्युको तथ्याङ्क सार्वजनिक गर्न छाडेको छ । सरकारले मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिलले यस्तो निर्णय गरेको हो ।

लामो समयदेखि विज्ञहरुले ब्राजिलले सार्वजनिक गरेको तथ्याङ्क सही नभएको भन्दै यसले मुलुकमा कोरोना भाइरसको अवस्था कस्तो छ भन्ने कुरा थाहा हुन नसक्ने बताउँदै आएका थिए । अहिलेसम्मको अवस्थामा ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३५ हजार नाघिसकेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याको हिसाबमा ब्राजिल इटालीभन्दा अगाडि छ । साथै संक्रमितको संख्या ६ लाख ७० हजार नाघिसकेको छ ।

शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाइएको थियो । केवल पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले समग्र मृतक र संक्रमितको संख्या ब्राजिलको अहिलेको अवस्थाको प्रतिनिधित्व गर्न नसक्ने जिकिर गरेका छन् । बोल्सोनारोले केही राज्यले भएको भन्दा धेरै मृतकको संख्या बुझाउने गरेको भन्दै आलोचना पनि गरेका छन् ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment