+
+
Shares

जावेद अख्तरलाई ‘रिचर्ड डाँकिन्स पुरस्कार’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते ९:२३

बलिउडका सफल गीतकार जावेद अख्तरलाई विश्व चर्चित ‘रिचर्ड डाँकिन्स पुरस्कार’बाट सम्मानित गरिएको छ । जावेद यो पुरस्कार प्राप्त गर्ने पहिलो भारतीय नागरिक समेत बनेका छन् ।

यो पुरस्कार विश्वचर्चित अंग्रेजी विकासवादी जीव वैज्ञानिक रिचर्ड डाँकिन्सको नामबाट प्रदान गरिन्छ । यो पुरस्कार सन् २००३ बाट प्रदान गर्न थालिएको हो।

यो पुरस्कार विज्ञान, खोज, शिक्षा र मनोरञ्जन क्षेत्रमा काम गर्ने एक यस्तो व्यक्तिलाई प्रदान गरिन्छ, जसले सार्वजनिक रुपमै धर्मनिरपेक्षताको रक्षाका लागि काम गर्दछन् ।

अवार्डको बारेमा सामाजिक सञ्जालमा जानकारी दिँदै अख्तरकी श्रीमती नायिका शबाना आजमीले लेखेकी छिन्–‘म निकै खुसी छु । मलाई थाहा छ कि रिचर्ड जावेदलाई प्रेरणा दिने नायकको रुपमा रहेका थिए ।

यो पुरस्कार यसकारण पनि महत्वपूर्ण छ कि आजको समयमा धार्मिक कट्टरपन्थीले धर्मनिरपेक्षतामाथि हमला गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?