+
+
Shares

बर्दियाका प्रजिअसहित १९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

रासस रासस
२०७७ जेठ २६ गते ९:४२

२६ जेठ, गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो ।

नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीहरूमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

संक्रमित सवारी चालकले सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई त्यहीँबाट लिएर आएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि चालकको पोजेटिभ देखिएको थियो ।

चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेसनमा राखिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?