Comments Add Comment

भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या चीनमाभन्दा धेरै

फाइल तस्वीर

काठमाडौं । भारतको महाराष्ट्र प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या चीनमाभन्दा धेरै देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतको महाराष्ट्रमा ८५ हजार ९७५ संक्रमित फेला परेका छन् ।

जबकी चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८३ हजार ४० मात्र रहेको चीनको हेल्थ कमिसनले जनाएको छ । महाराष्ट्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार ६० पुगेको छ ।

भारतको बिहारमा पनि कोरोना भाइरसका संक्रमितको संख्या पाँच हजार नाघेको छ । बिहारमा अहिलेसम्म पाँच हजार ८८ संक्रमित देखिँदा ३० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १० हजार ५३६ संक्रमित फेला परेका छन् भने २७५ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि आठ हजार १८७ संक्रमित फेला पर्दा ३९६ जनाको मृत्यु को छ ।

समग्र भारतमा भने कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५६ हजार ६११ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९८३ नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि सात हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण सात हजार १३५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण २०६ जनाको मृत्यु भएको हो ।

भारतमा अहिलेसम्म एक लाख २४ हजार ९५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment