Comments Add Comment

६ वर्षको उमेरमै सिक्स प्याक, यी हुन् विश्वकै चर्चित बालक

आजकल मानिसहरु आफ्नो फिटनेसमा निकै ध्यान दिन्छन् । युवाहरुको बीचमा कठोर व्यायाम गरी सुगठित, ससक्त तथा सिक्स प्याकयुक्त शरीर बनाउने लहड नै छ ।

प्रायः किशोरावस्थाको उत्तरार्ध तथा युवा उमेरमा तन्नेरीहरुले सिक्स प्याक तयार गर्छन् । तर ६ वर्षका बालकले सिक्स प्याकयुक्त जिउ बनाएर सबैलाई तिनछक पारिदिएका छन् ।

इरानको बाबोल सहरमा जन्मिएका आरत होसैनी नामका ती बालक अहिले आफ्नो सिक्सप्याक युक्त गठिलो सरीरकै कारण चर्चित बनेका छन् । सुगठित शरीर मात्रै होइन उनी फुटबल र जिम्न्याष्टिक समेत राम्रो खेल्दछन् ।

इरानमा जनिमएका आरत अहिले बेलायतको लिभरपुलमा बस्दछन् । उनले हाल लिभरपुल एकेडेमीमै खेल तालिम लिइरहेका छन् ।

सोसल मिडियामा स्टार बनिसकेका आरतको इन्स्टाग्राममा ४० लाख फलोअर्स छन् ।

उनलाई चर्चित बनाउने श्रेय उनका बुवा मोहम्मदलाई जान्छ । उनले छोरालाई ९ महिनाको उमेरदेखि नै शारीरिक व्यायाम गराउन सुरु गरेका थिए । सुगठित शरीर र खेल कौशलका कारण ती बालक दुई वर्षको उमेरदेखि नै मिडियामा छाउन थालेका थिए।

फुटबल खेलाडी समेत रहेका उनले भविष्यमा बार्सिलोना क्लबमा गएर खेल्ने सपना साँचेका छन् । कल्पना नगरुन् पनि किन ? उनका मनपर्ने खेलाडी नै लियोनेल मेसी हुन् । आफू पनि भविष्यमा मेसी जस्तै बन्ने सपना उनको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment