+
+
Shares

भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १२:५३

२६ जेठ, काठमाडौं । भक्तपुरको झौखेलस्थित कालीखोलामा मिनी ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेलका अन्दाजी ३५ वर्षीय नवराज लाछिवा रहेका छन् ।

आइतबार राति करिब साढे १० बजेको समयमा ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको महाशक्ति इट्टा भट्टाको बा ५ ख ३११ नम्बरको मिनी ट्रक खोलामा खसेको थियो ।

ट्रकले च्यापिएको अवस्थामा चालकलाई क्रेनको सहायताले उद्धार गरी उपचारका लागि डा. ईवामुरा अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा लापरबाही तरिकाले तीव्र गतिमा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?