Comments Add Comment

सर्लाहीमा एकैदिन थपिए १२० जना संक्रमित

२६ जेठ, वीरगञ्ज । सर्लाहीमा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा सोमबार १७४ जना संक्रमित थपिँदा सर्लाहीमा मात्रै १२० जना संक्रमित थपिएको हो ।

सोमबार सप्तरीमा १६, महोत्तरीमा १२, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारामा आमासँगै तीन वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सर्लाहीको बिष्णु गाउँपालिकास्थित तेजनारायण दयावती माध्यमिक विद्यालय तथा मधुवन स्वास्थ्य चौकीको क्वारेन्टिनमा १ देखि १८ वर्ष उमेर समूहका ४ जना, १९ देखि ४० वर्ष उमेर समूहका ३० जना र ४५ वर्षका थप एक जनागरी कुल ३५ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी सर्लाहीकै ब्रम्हपुरी गाउँपालिकास्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टिनमा १ देखि १८ बर्ष उमेर समूहका ५ जना, १९ देखि ४० वर्ष उमेर समूहका ३२ जना, ४० देखि ६० वर्ष उमेर समूहका ५ जना पुरुष र १८ वर्षीय किशोर गरी कुल ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सर्लाहीकै चकरघट्टा गाउँपालिकाको पडरिया र ओरी निम्न माध्यमिक विद्यालयको क्वारेन्टिनमा १ देखि १८ वर्ष उमेर समूहका ५ जना र १९ देखि ४० वर्ष उमेर समूहका १० जनागरी कुल १५ जनामा, सर्लाहीकै बलरा नगरपालिका स्थित बलरा माध्यमिक विद्यालयको क्वारेन्टिनका १ देखि १८ वर्ष उमेर समूहका ४ जना र १९ देखि ४० वर्ष उमेर समूहका ४ जनागरी कुल ८ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

सर्लाहीकै ईश्वरपुर नगरपालिकास्थित क्वारेन्टिनका १४ वर्षीया बालिका तथा १ देखि १८ वर्ष उमेर समूहका २ जना पुरुष, सोही क्वारेन्टिनका ५० वर्षीय पुरुषसहित १९ देखि ४० वर्ष उमेर समूहका १४ जनागरी कुल १८ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाही जिल्लाकै रामनगर गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका ३७ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयको अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्वर ३ स्थित शेहरा माध्यमिक विद्यालय क्वारेन्टिनमा रहेका ३७ वर्षीय महिला १ जना, १२ र १८ वर्षीय किशोर २ जना, १९ देखि ४० वर्ष उमेर समूहका १२ जना पुरुष र अर्का ४५ वर्षका पुरुषगरी कुल १६ जनामा कोरोना सक्रमण दखिएको छ ।

महोत्तरीको औरही नगरपालिकास्थित औरही स्वास्थ्य चौकी क्वारेन्टिनमा बस्दै आएका १९ देखि ४० वर्ष उमेर समूहका ७ जना, ४० देखि ६० वर्ष उमेर समूहका २ जनागरी कुल ९ जना पुरुष, जलेश्वर नगरपालिकास्थित रामानन्द विशेश्वर महेन्द्र माध्यमिक विद्यालय क्वारेन्टिनमा १८ वर्षीय किशोर तथा १९ देखि ४० वर्ष उमेर समूहका २ जना पुरुष गरी कुल ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्वर ३ स्थित औरहिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका उमेर खुल्न नसकेका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । परोहा नगरपालिकास्थित जिँगडा मदरशामा सञ्चालित क्वारेन्टिनमा १८ वर्षीय किशोरसहित १९ देखि ४० वर्ष उमेर समूहका ५ जना पुरुषमा, गौर नगरपालिकास्थित गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३० वर्षीय पुरुष, रौतहटकै गढीमाई नगरपालिकास्थित समनपुर माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका १ देखि १८ बर्ष उमेर समूहका ३ जना तथा ४३ वर्षीय १ जना गरी कुल ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बाराको सुवर्ण गाउँपालिका स्थित हर्दिया प्राथमिक स्वास्थ्य केन्द्र क्वारेन्टिनमा ३ वर्षीय बालिका र २८ वर्षीया महिला तथा १६ वर्षीय किशोर र १९ देखि ४० वर्ष उमेर समूहका २ जना पुरुष तथा पचरौता नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका १८ र २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठीको क्वारेन्टिनमा रहेका २५ वर्षीया एक महिला तथा १९ वर्षदेखि ५५ वर्ष उमेर समूहका ६ जना पुरुष गरी कुल सात जनामा कोरोना देखिएको छ ।

प्रदेश २ बाट २२६ जना संक्रमित डिस्चार्ज

प्रदेश नं २ मा हालसम्म २ सय २६ जना कोरोना संक्रमितहरु उपचार पश्चात स्वस्थ्य भइसकेका छन् । सोमबार मात्रै प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षबाट २३ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गतको राजविराज स्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसनमा ४ महिला सहित ७५ जना, सिराहाको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा २६ जना, सिराहा नगरपालिकास्थित सिराहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जनाको उपचार भइरहेको छ ।

त्यस्तै धनुषाको प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालको आइसोलेसन कक्षमा १ महिला सहित १० जना, लक्ष्मीनिया गाउँपालिका स्थित वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूट आइसोलेसनमा ५ जना महिलासहित ८४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरीको जलेश्वर अस्पताल आइसोलसनमा ३ जना महिला सहित ७५ जना, मलंगवास्थित अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेज आइसोलेसनमा ९ जना महिला सहित १ सय ४२ जना, सर्लाहीकै फरहदवा स्वास्थ्य चौकी आइसोलेसन कक्षमा १ जना महिलासहित ९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहटको चपुर अस्पतालमा २ जना महिला सहित ३० जना, गौर नगरपालिकास्थित गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसनमा २ महिला सहित १६ जना, राजपुर फरहदवा स्थित प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसनमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला सहित ९७ जना, गरुडा नगरपालिकास्थित नेपाल प्रहरी विद्यालयमा ७० पुरुष र ४ महिलागरी कुल ७४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बाराको कलैया अस्पताल अन्र्तगतको आइसोलेसनमा १ महिला सहित २४ जना, पर्सामा नारायणी अस्पताल अन्तर्गतको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ६ जना महिला सहित ३९ जना कोरोना संक्रमित उपचाररत छन् ।

सिराहाको सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पताल सिराहामा १२ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा ६ जना र महोत्तरीको जलेश्वर कोभिड विषेश अस्पतालमा २ जना गरी कुल २० जना कोरोना आशंकित बिरामीहरुको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment