Comments Add Comment

लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जनामा कोरोना संक्रमण

२६ जेठ, बुटवल । पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा पाल्पा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २३ वर्षीय र गुल्मीको रूरू गाउँपालिका–१ का ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुवैमा कोरोना संक्रमण देखिएको छ । र उनीहरुको आइसोलेसनमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. राजु शाक्यले जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएका सिलुवाका पुरुष जेठ २० गते मृत्यु भएका सिलुवाकै ४५ वर्षीय पुरुषसँगै भारतबाट आएका व्यक्ति हुन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई जेठ २२ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

यस्तै गुल्मीका संक्रमित २३ गते भर्ना भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment