Comments Add Comment

कोरोना महामारीमा एनसीएचएलको सहयोग

पाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैङ्किङ क्षेत्र र सर्वसाधारणलाई दुई करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग गरेको छ ।

एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्ममार्फत क्राउड फन्डिङ गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्‍याएको छ ।

कोभिड–१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रश्रय दिने उद्देश्यका साथ एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस, एनपीई र कनेक्ट आरटीजीएस सेवाहरू प्रवाह गर्दै आएकोमा लकडाउन सुरू भएदेखि नै यी सम्पूर्ण भुक्तानी सेवामा लाग्ने कारोबार शुल्कहरू मिनाहा गर्दै आइरहेको छ । यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले दुई करोड ३४ लाख ९ हजार २४३ रुपैयाँभन्दा बढीको प्रत्यक्ष योगदान गरेको छ ।

कनेक्ट आईपीएस प्रणालीमा ‘डोनेटफर कज’का रुपमा समावेश गरी सोबाट हालसम्म नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोषका लागि ४० लाख १९ हजार ४४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख रुपैयाँ सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रीय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १-१ लाख सहयोग प्रदान गरेको छ ।

‘सर्वसाधारण र व्यवसायहरू वर्तमान महमारीको स्थितिबाट निकै प्रभावित छन् । यस्तो अवस्थामा कारोबार शुल्क मात्र आम्दानीको मुख्य स्रोत भए तापनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदान गर्दै बैङ्किङ क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्ने निर्णय लिएको हो र एनसीएचएल महामारीविरुद्धको लडाइँमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको छ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment