
२७ जेठ, काठमाडौं । काठमाडौं र रौतहटमा मंगलबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
काठमाडौ महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारमा प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटर ठोक्किँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी वीरेन्द्रचोक बस्ने २७ वर्षीया सुप्रभा लुईँटेलको मृत्यु भएको छ ।
अनियन्त्रित स्कुटर कारमा ठोक्किँदा गम्भीर घाइते भएकी लुईँटेलको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रौतहटको गौर नगरपालिका–३ मजकुस्थित सडकमा ट्याक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
ना २ त ६५३६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी काली कुमारी पटेलको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4