+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते ७:०९

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै छन् । संसद बैठक बुधबार बिहान ११ बजे बस्दैछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने, ‘सांसदहरुले उठाउनु भएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नु हुन्छ ।’

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूचीसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?