Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ सय नाघ्यो

२८ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या सात हजार सात सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण सात हजार ७४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट २७९ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि दुई लाख ७६ हजार ५८३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९८५ नयाँ संक्रमित थपिएका हुन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ९० हजार ७८७ संक्रमित फेला परेका छन् भने तीन हजार २८९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३४ हजार ९१४ संक्रमित फेला परेका छन् भने यो राज्यमा अहिलेसम्म २८६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा २१ हजार ३०९ जना संक्रमित भेटिँदा ९०५ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २१ हजार १४ संक्रमित फेला परिसकेका छन् भने एक हजार ३१३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म ११ हजार ३३५ संक्रमित फेला परेका छन् भने ३०१ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा आठ हजार ९८५ संक्रमित भेटिएका छन् भने ४१५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार ४५९ संक्रमित फेला परेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ३५ हजार २०६ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment