+
+
Shares

गुल्मीका स्थानीय तह र संघसंस्थालाई स्वास्थ्य सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १०:४५

२८ जेठ, गुल्मी । कोभिड-१९को संक्रमणको सर्तकता अपनाउन गुल्मीका स्थानीय तह र स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा त्यहाँ कार्यरतहरूलाई स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको छ । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टको पहलमा जिल्लाका १२ वटै स्थानीय तहसँगै बिभिन्न कार्यालयहरुलाई स्वास्थ्य सामाग्री हस्तातरण गरिएको हो ।

जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरी जिल्लाका १२ स्थानीय तह, गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय र पत्रकार महासंघलाई पीपीई, सेनिटाइजर, माक्स र थर्मल गन लगायतका सामग्री जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहमा प्रमुखहरुलाई हस्तातरण गरेका हुन् ।

हस्तातरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा ११ हजार पाँच सय पिस कटन माक्स, एम डब्लु माक्स पाँच हजार पिस, पन्जा पाँच हजार जोडी, के एन नाइन्टी फाइभ माक्स एक सय ५० पिस, थर्मन गन ७२ पिस, पीपीई ३५ सेट, सेनिटाइजर पाँच सय मिलिलिटर १४ पिस, सेनिटाइजर स्टायाण्ड १६ पिस छ।

सामग्री प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले यो बिपदमा जनप्रतिनिधिहरुको सहयोग र सद्भाव पाइराखेको बताए । पूर्वमन्त्री गोकर्ण बिष्टबाट दुई-दुई पटकसम्म प्राप्त स्वास्थ्य सामग्री स्थानीय तह र संघ-संस्थालाई प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

नागरिकले वास्तवमा जनप्रतिनिधीको भूमिका समस्यामा महसुस गर्न पाउनु पर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले गुल्मी जिल्लाका मन्त्री, संासद, अन्य व्यक्ति र संस्थाहरुको सहयोग उदाहरणीय भएको बताए ।

गत चैत्र तेस्रो साता पनि सांसद बिष्टले स्थानीय तहहरुमा एक सय ३ सय सेट पीपीई, ८० थान सेनिटाइजर, १५ थान ठूलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद पठाएको पूर्व मन्त्री बिष्टका प्रेस सल्लाहाकार मदन खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?