
२८ जेठ, काठमाडौं । पेरुमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई लाख नाघेको छ । पेरुको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख तीन हजार ७३६ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार मात्र पेरुमा कोरोना भाइरसका चार हजार ४० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार पेरुमा कोरोना भाइरसको कारण १६७ जनाको मृत्यु भएको छ । यससँगै पेरुमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि पाँच हजार ७३८ पुगेको छ ।
पेरुमा कोरोना भाइरसको पहिलो संक्रमित मार्च ६ मा फेला परेका थिए । दक्षिण अमेरिका पछिल्ला समय कोरोना भाइरसको एक ‘हटस्पट’को रुपमा देखिएको छ । संक्रमित संख्याको हिसाबमा पेरु दक्षिण अमेरिकामा ब्राजिलपछि सबैभन्दा प्रभावित मुलुक हो ।
स्रोत : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4