+
+
Shares

प्लेनबाट ५ सय मजदुरलाई घर पुर्‍याउँदै अमिताभ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १३:११

बलिउड नायक अमिताभ बच्चन मजदुरहरूको सहयोगका लागि अगाडि आएका छन् । कलाकार सोनु सुदले मजदुरहरूलाई घरसम्म पुर्‍याउन मेहनत गरिरहेको समयमा अमिताभ पनि अगाडि आएका हुन् ।

अमिताभले मजदुरहरूलाई घरसम्म पुर्‍याउनका लागि प्लेनको व्यवस्था गरेका छन् । उनले वाराणसीका ५ सय मजदुरलाई घर पुर्‍याउनका लागि तीन फ्लाइट बुक गरेको भारतीय मिडियामा उल्लेख छ। पहिलो फ्लाइट बुधबार बिहान १८० मजदुर लिएर उडिसकेको छ । बाँकी २ फ्लाइट पनि आजै उड्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अमिताभ यो कुराको प्रचार गर्न चाहँदैनन् । यसैले यो काम उनले आफ्नो कम्पनी एबी कर्पोरेसन लिमिटेडका म्यानेजिङ डाइरेक्टर राजेश यादवको निगरानीमा गरिरहेका छन् । मजदुरहरूको अवस्था देखेर भावुक बनेका अमिताभ उनीहरूको सहयोगका लागि अगाडि आएको बताइएको छ ।

अमिताभले अन्य राज्यका मजदुरहरूको सहयोगका लागि पनि हात अगाडि बढाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?