Comments Add Comment

लकडाउन सरलीकरणबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले लकडाउनले कठिन बनाएको सामाजिक जीवन सहज तुल्याउने गरी निर्णय हुने जानकारी दिए ।

कोभिड-१९ संक्रमण परीक्षण गर्न निजी क्षेत्रलाई दिने/नदिने विषयमा पनि आजै निर्णय हुने बताए । विद्यार्थीको पठन-पाठन सञ्चालन र परीक्षाको विषयमा पनि ठोस निर्णय हुने बताए ।

भारतलगायतका देशबाट फर्काउनुपर्ने अवस्थामा रहेका नेपालीलाई क्रमशः ल्याउने व्यवस्था गरिने प्रधानमन्त्रीले जानकारी दिए। विनियोजन विधेयकमाथिका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment