+
+
Shares

चीनको गुर्मु सहरले दियो भरतपुर महानगरलाई स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १८:३२

२८ जेठ, चितवन । चीनको गुर्मु सहरले भरतपुर महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । गुर्मु सहरले ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

सहयोग स्वास्थ्य सामग्रीमा १० हजार थान सर्जिकल मास्क, ९६० थान एन ९५ मास्क, १२० थान पीपीई, १२० थान थर्मल गन रहेका छन् ।

गुर्मु सहरका प्रतिनिधिले भरतपुर महानगरपालिकाका प्रतिनिधिलाई उक्त स्वास्थ्य सामग्री नेपाल–चीन सीमा नाकास्थित मितेरी पुलमा गत सोमबार हस्तान्तरण गरेका थिए ।

भरतपुर महानगरसँग भगिनीसम्बन्ध रहेको गुर्मु सहरका प्रतिनिधि चाङ्ग जिउ लिई लिले सो सामग्री महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको महानगरले जनाएको छ । प्राप्त सामग्री नगरप्रमुख दाहालले बुधबार नै जिन्सी शाखालाई हस्तान्तरण गर्दै प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्रयोग र वितरण गर्न निर्देशन दिएकी छन् ।

यी दुई नगरबीच विभिन्न समयमा दुई पक्षीय आपसी सहयोग आदानप्रदान भइरहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?