Comments Add Comment

पार्किङ गरेर राखेको कारमा आगजनी

२९ जेठ, गोरखा । गोरखा नगरपालिका–८, चाइनिज धारा स्थित मोटर ग्यारेजमा पार्किङ गरेर राखेको कारमा आगजनी भएको छ ।

स्थानीय दिपक केसीको बा १२ च ५९८४ नम्वरको टाटा कारमा बिहीवार राति आगजनी भएको प्रहरीले जनाएको हाे ।

‘मर्निङ वाक हिँड्नेहरुले देखेपछि हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वासुदेव खतिवडाले भने, ‘अनि हाम्रो टोली पुग्यो ।’

के भएर आगजनी भयो भन्ने एकिन भइनसकेको उनले बताए । ‘आफैँ आगो लागेको हो की कसैले आगजनी गरिदिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेकाे छ,’  उनले भने ।

कार पूर्ण रुपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment