Comments Add Comment

मुस्कुराउँदै वर्षा

चर्को आलोचना र विवादमा घेरिएपछि केही दिन तनावमा रहेकी नायिका वर्षा राउत मुस्कुराउन खोजिरहेकी छिन् । नायिका वर्षा राउतको पछिल्ला केही दिनका स्टाटस हेर्ने हो भने उनको अनुहारमा मुस्कान फर्किएको छ ।

हुन त कलाकार भइसकेपछि विवादमा पर्नु नौलो कुरा होइन । तर यसपटक वर्षाले भोगेको विवाद र आलोचना अरूभन्दा फरक थियो। करिअरमा आजसम्म यति धेरै आलोचना नभोगेकी यी नायिकाका लागि यो घटना अप्रत्याशित नै थियो । तर कहिलेकाहीँ बोल्ने क्रममा बोली चिप्लिँदा त्यसले करिअरमै असर पर्छ भन्ने सायद वर्षाले बुझेको हुनुपर्छ । वर्षाको यो घटना अरू कलाकारका लागि पनि ठूलो पाठ हो ।

नायिका वर्षा लेख्छिन्–‘तपाईंले लगाउने कुनै कुरा तपाईंको मुस्कानभन्दा महत्वपूर्ण हुँदैन ।’ यसबाट पनि उनी मुस्कानको महत्व बुझाउन खोजिरहेकी छिन् ।

वर्षाले आफूलाई यो समयमा साथ दिने परिवार र आफ्ना श्रीमान् सञ्जोग कोइरालाको साथको पनि प्रशंसा गरेकी छिन् ।

यतिमात्र होइन उनले अब उच्च आत्मबलका साथ अगाडि बढ्ने निधो पनि गरेकी छिन् । नायिका राउतका दुई चलचित्र ‘२ नम्बरी र के घर के डेरा’ छायांकनको क्रममा छ । यसपछि उनले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment