+
+
Shares

अमेरिकामा कोरोना संक्रमित २० लाख नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते ११:३६

२९ जेठ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख ४६४ पुगेको छ ।

कोरोना भाइरसबाट विश्वको सबैभन्दा धेरै प्रभावित मुलुक बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख १२ हजार ९२४ पुगेको छ । पछिल्लो समय अमेरिकाले परीक्षणलाई विशेष जोड दिएको छ । अहिले अमेरिकामा दैनिक करिब पाँच लाख कोरोना परीक्षण हुने गरेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका पाँच लाख ३३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । कोरोना भाइरसबाट दोस्रो सबैभन्दा बढी प्रभावित राज्य ब्राजिलमा अहिलेसम्म सात लाख ७२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?