Comments Add Comment

रौतहटका ८१ जना कोरोना संक्रमित डिस्चार्ज

२९ जेठ, रौतहट । रौतहटबाट ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
बुधबार साँझ गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसनबाट ६५ तथा गौर नर्सिङ्ग इन्स्टिच्युटको आइसोलेसनबाट १६ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन्ट डा. कृष्ण साहले बुधबार ८१ जना संक्रमित निको भएर घर फर्किएको बताए । संक्रमण निको भएर घर फर्किनेहरु इशनाथ नगरपालिका, देवाही गोनाही, गौर, कटहरिया, राजदेवी नगरपालिका लगायतका रहेको उनले बताए । यसअघि पनि रौतहटबाट २१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

हाल रौतहटको राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसान उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुष, चन्द्रनिगाहपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

बुधबार रौतहटमा कोरानाका ५३ नयाँ संक्रमित भेटिएका थिए । यससँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४७४ पुगेको छ । बुधबार गौर नगरपालिकामा २३, इशनाथ नगरपालिकामा १४, राजपुर नगरपालिकामा १४ र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment